देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने  र केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय स्थान तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

अहिले देशको सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

त्यसैगरी आजराती पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);