सुमन महतारा,
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका १ छिनुवाखोलामा भएको हत्यामा संलग्न अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ ।
इस्मा गाउँपालिका छिनुवामा होटल संचालन गरेर बस्ने २३ वर्षका मोति बहादुर कुँवरको हत्यामा संलग्न इस्मा गाउँपालिका १ कै सन्तोष कुमाल, रमेश कुमाल र सुशील कुमाललाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरुले प्रहरीसँगको बयानमा हत्या गरेको स्विकार गरेका थिए । उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुँवरलाई गत भाद्र २१ गते राति कुटपिट गरिएको थियो । अर्को बिहान उनको मृत्यु भएको थियो ।
तीजमा मेला हेर्न जाँदा युवती जिस्काउँदाको रिसका कारण यो घटना भएको अनुसन्धानबाट खुलेको छ ।
हत्यामा संलग्न रमेश कुमाल १८ वर्ष, सन्तोष कुमाल १८ र शुसिल कुमाल २० वर्षका रहेका छन् । यीनीहरुमध्ये मुख्य अभियुक्त रमेश हुन् भने अरु दुई सहायक मानिएका छन् ।