मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध बहुमत विपक्षी सांसदले बुझाए प्रदेश प्रमुखलाई पत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध बहुमत विपक्षी सांसदले बुझाए प्रदेश प्रमुखलाई पत्र

काठमाडौं । लुम्बिनी प्रदेशका ४२ विपक्षी सांसदहरुको हस्ताक्षर सहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।

एमालेका शंकर पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै विपक्षीहरुले बहुमत सांसदहरुको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख धर्मराज यावद समक्ष पेश गरेका हुन् । उनीहरुले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

विपक्षीहरूले स्वतन्त्र २ सांसदसहित ४२ सांसदको हस्ताक्षर भएको दावी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

विपक्षीहरुले यो निर्णय सच्याउन माग गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);