अक्सिजन सहितको कोरोना अस्पताल बनाउँदै स्थानीय सरकार | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

अक्सिजन सहितको कोरोना अस्पताल बनाउँदै स्थानीय सरकार

प्रकाश नेपाल
पाल्पा ।
पाल्पाको बगनासकाली गाउँपालिकाले अक्सिजन सहितको कोरोना अस्पताल बनाउने भएको छ ।

बढ्दो संक्रमणलाई मध्ये नजर गर्दै स्थानीय सरकारले जनताको स्वास्थ्य प्रति जिम्मेवारी लिदै अक्सिजन सहितको कोरोना अस्पताल बनाउन लागेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।

भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र स्वाब संकलन गर्न घरघरमै स्वास्थ्यकर्मी पठाउने गाउँपालिकाले जनाएको छ ।

गाउँकार्यपालिकाले तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने छ । त्यसका लागि पालिकाले ५० सिलिण्डर अक्सिजन खरिद गर्ने भएको छ ।

त्यसैगरी घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधि उपचारको किट घरघरमै उपलब्ध गराउने र आर्थिक विपन्नहरुलाई कोरोना अस्पतालमा लागेको खर्च समेत बगनासकाली गाउँपालिकाले नै वेहोर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);