दिल्लीसँग सुपर ओभरमा सनराईजर्स हैदरावाद पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

दिल्लीसँग सुपर ओभरमा सनराईजर्स हैदरावाद पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चौंथो जित निकालेको छ ।

चेन्नईमा आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो । दिल्लीले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदरावादले ७ रन जोड्यो । जवाफमा दिल्लीले ८ रन जोड्दै खेल आफ्नो बनायो । सुपर ओभरमा जानु अघि हैदरावादका केन विलियम्सनले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै जोनी बेयर्स्टोले ३८ रन बनाए । जगदीश सुचिथ १५ रनमा अविजित रहे । दिल्लीका अभेस खानले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ५३, कप्तान ऋषव पन्तले ३७, स्टिभ स्मिथले अविजित ३४ र शिखर धवनले २८ रन बनाए ।

हैदरावादका सिदार्थ कउलले २ विकेट लिए । राशिद खानले १ विकेट लिए । जितसँगै दिल्ली ५ खेलमा ८ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यसअघि आइतबार नै भएको पहिलो खेलमा चेन्नई सुपर किङ्सले चौथो जित निकालेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले पराजित गर्दै चेन्नईले चौंथो जित निकालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);