म कसैले निकालेर निस्किने मान्छे होइन : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

म कसैले निकालेर निस्किने मान्छे होइन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीबाट कसैले निकालेर निस्किने मान्छे नभएको बताएका छन् । शुक्रबार जनकपुरमा भएको कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

‘केपी ओलीले माधव नेपाललाई पार्टीबाट निकाल्ने? यो माधव नेपालले आजसम्म आन्दोलन र संगठन दुवै सञ्चालन गर्दै आएको छ, कसैले निकालेर निक्लिनेवाला मान्छे होइन ।’–नेपाल भने ।

आफूहरु पार्टी र आन्दोलन दुबै नछाड्ने बताउँदै उनले भने– ‘हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, लोकतन्त्र छोड्दैनौं ।’

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेटका लागि पटक–पटक बालुवाटारमा बोलाउँदा पनि आफू नगएको नेता नेपालले बताए । ‘म अहिले बालुवाटार गएँ भने माधव नेपाल लुरुलुरु बालुवाटार गयो भन्छन्’– उनले भने ।

पार्टी अध्यक्ष ओली आफ्नो अडानमा टसमस नभएकाले उनीसँगको छलफल सार्थक नभएको नेता नेपालले बताए । पार्टी अध्यक्ष ओली र नेपालबीच बुधबार र बिहीबार वार्ता भएको थियो । ‘पार्टीलाई एकतावद्ध बनाऔं, मिलेर जाऔँ, कसकसलाई थप्नुपर्छ त्यही बसेर थपौँ, रामबहादुर थापा थपिएर पनि केही फरक पर्दैन, हाम्रा पनि दुई चारजना थपौँला भनेँ तर उहाँ मान्न तयार हुनुभएन’ –नेपालको भनाइ छ।

आफू एक्लै भेट्न जान तयार नभएको भए पनि सबैले एक्लै भए पनि जानुस् भनेकाले भेट गर्न गएको उनको भनाई छ । ‘यो बालुवा पेलेर तेल निस्कनेवाला छैन, केपी ओली सुध्रने वाला छैनन्, तै पनि प्रयास गरौँ भनेर गएँ, पहिलो भेटमा अलिकति विश्वास बढेको थियो’–उनले भने । प्रधानमन्त्री ओली कुनै पनि हालतमा एकताको पक्षमा नरहेको उनले आरोप लगाए ।

नेपालले भने, ‘उहाँ मानेमान् नमाने बाटो खुल्ला छ, जा भन्नेमा हुनुहुन्छ । ’

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);