तीन दिन मात्र कारोबार भएपनि लगानीकर्ता उत्साहित | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

तीन दिन मात्र कारोबार भएपनि लगानीकर्ता उत्साहित

nepal stock exchange

काठमाडाैं । साताको पाँच दिन कारोबार हुने सेयर बजारमा घोडेजात्रा र नयाँ बर्षको विदाका कारण दुई दिन कारोवार भएन । कम दिन कारोबार भएपनि सेयर बजार अल टाइम हाई विन्दु कायम गर्दै बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से बन्द हुँदा सुचकांक २ हजार ७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको हो ।

बिगतसाताको कारोवार अंकभन्दा २ दशमलव २८ प्रतिशत बढेको यो साताको कारोवारले आगामी कारोवार पनि सुखद हुने संकेत गरेको छ । बिहीबार ८ अर्ब ६३ करोड भन्दा बढि रकम बराबरको कारोवार गरेको बजारको पुँजीकरण समेत हालसम्मकै उच्च अर्थात् ३७ खर्ब ८७ अर्ब रुपैयाँ बढी कायम भएको छ ।

यो साता बजारमा सबैभन्दा थोरै रकमको कारोवार मंगलबार भएको थियो । मंगलबार बजारले ७ अर्ब १४ करोडको कारोबार गरेको थियो भने सबैभन्दा धेरै रकम बराबरको कारोबार बिहीबार भएको थियो । बिहीबार बजारले ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको थियो । औसतमा यो साता बजारमा दैनिक ७ अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);