सोलुखुम्बु, २६ असोज । सोलुखुम्बुमा एक बेलायती पर्यटकका लेक लागर मृत्यु भएको छ ।
बिहीबार बिहान बेलायतका नागरिक टेरेन्स जोन जस्लीङको लेक लागेर सुतेकै ठाउँमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार, असोज १७ गते भ्रमणका लागि नेपाल आएका टेरेन्स जोन जस्लीङ गोकियो पुगेर फर्कने क्रममा लेक लागेर बिरामी भएका थिए ।
उनको सोलुखुम्बुको खुम्बु पासङ ल्हामु गाउँपालिका ४ स्थित दोलेमा सुतेकै ठाउँमा बिहान ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।