'सी’ डिभिजन लिगमा महाबिर र खालीबारी बीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

‘सी’ डिभिजन लिगमा महाबिर र खालीबारी बीचको खेल बराबरीमा

काठमाडाैं, १६ चैत । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा महाबिर क्लब र खालीबारी युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार भएको खेलमा महाबिर र खालीबारीले २–२ गोलको बराबरी खेलेका हुन् ।

ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा महाबिरका लागि राम ढकाल र रोमन तामाङले एक एक गोल गरे । खालीबारीका विमान लामा र सुदिप केसीले एक एक गरे । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);