एजेन्सी, १६ चैत । प्रदर्शनमाथि गरेको क्रुर दमनका कारण आलोचित बनिरहेको म्यानमारको सेना नागरिकहरुमाथि दिनप्रतिदिन अझै क्रुर बन्दै गएको छ ।
शनिबार एकै दिन एक १४ नागरिकहरुको सेनाको गोली लागेर मृत्यु भएपछि म्यानमारको सेनाको विश्वका अधिकांस मुलुकहरुले निन्दा गरेको छ । यसैक्रममा शनिबार मारिएका एक नागरिकको आइतबार अन्तिम संस्कार भईरहेको स्थानमा समेत सेनाले गोली प्रहार गरेको छ ।
राजधानी यंगुन नजिकैको बागो भन्ने ठाउँमा अन्तिम संस्कार भईरहेका बेला सेनाले गोली चलाएको हो । गोली लागेर के कति क्षति भएको भन्ने कुरा नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
शनिबार एकै दिन ठूलो संख्यामा नागरिकहरुको मृत्यु भएपछि म्यानमारका नागरिकहरुमा शोक छाएको छ । उनीहरुले शनिबार ज्यान गुमाएकाहरुलाई खसेका ताराको संज्ञा दिएका छन् । यता सेनाका जनरलहरुले भने सर्वसाधारण मारिएको खुशीमा पार्टी समेत गरेको पनि बताइएको छ ।
गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनका क्रममा शनिबार सबैभन्दा बढी नागरिकको मृत्यु भएको बताइएको छ ।