करिब एक लाखको संख्यामा म्यादी प्रहरीमा भर्ना खुल्यो, यस्ता छन् सेवा सुविधा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८०, शनिबार

काठमाडौं, २४ असोज । सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ।

सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिले आजदेखि यही ३० गतेसम्म आवेदन दिन सक्ने छन्।

काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्ने विभागले जनाएको छ।

५५ दिनका लागि नियुक्त गरिने उनीहरुले आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने व्यवस्था छ।

Uncategorized‐मा वर्गिकृत