कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन सकेन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन सकेन

काठमाडौं, २२ असोज ।  नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन नसकेपछि त्यसको जिम्मा नेपाली कांग्रेसलाई दिएको छ ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमा रहने दलले कति संख्यामा सिट लिने भन्ने विषय टुंगो लगाउन नसकेपछि कार्यदलले त्यसको अन्तिम टुंगो लगाउने जिम्मा कांग्रेसका शिर्ष तहका नेतालाई दिएको हो । दुई दिनसम्म बसेको कार्यदलको बैठकले सिट, जिल्ला र पार्टीको छिनोफानो गर्ने जिम्मा कार्यदलको संयोजक समेत रहनुभएका कांग्रेस नेता विमलेन्द्र निधिलाई दिईएको कार्यदलका सदस्य रामजनम चौधरीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट, मत तथा अघिल्ला दुई संविधानसभाको निर्वाचनमा पाएको मतका आधारमा शिर्ष नेतासँग परामर्श गरी सिट र क्षेत्र निर्धारण गर्ने सहमति कार्यदलमा भएको छ ।

कार्यदलको बैठकमा सहभागि विभिन्न पार्टीका नेताले सिट संख्यामा आ–आफ्ना दाबी गरेपछि त्यसको टुंगो लगाउने जिम्मेवारी कांग्रेसका शिर्ष नेतालाई दिइएको हो । अब कांग्रेस नेतृत्वले गठबन्धनमा आवघ दलका नेताहरुसँग छलफल गरी सिट संख्यामा सहमति जुटाउने प्रयास गर्ने जनाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);