काठमाडौं, १७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली आज कास्की जाने भएका छन् ।
प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन तथा गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न प्रधानमन्त्री ओली कास्की जान लागेका हुन् ।
कार्यकर्ता भेलालाई सम्बोधन र शिलन्यासपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यसका साथै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले मापदण्डसमेत तयार पारेको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।
त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।