सम्झौता भएको ६ महिनापछि बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सम्झौता भएको ६ महिनापछि बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्दै

वीरगन्ज, १४ फागुन । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ । बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीका अनुसार २२ हजार ५ सय मेट्रिकटन मल अर्को सातासम्म नेपाल भित्रिने छ । पहिलो खेप ब्लकमा ल्याउन लागिएको मल कलकत्ताबाट नेपाल ल्याउन शनिबारदेखि अनलोड सुरु हुने कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी विष्णु पोख्रेलले जानकारी दिए ।

कलकत्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ । भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ । बंगलादेशसँग सरकारले ५० हजार मेट्रिकटन यूरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा सुरु गरेको थियो ।

दुई देशका प्रधानमन्त्रीबीच भदौ १६ मा भएको कुराकानीपछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);