सूर्यविनायक क्षेत्रमा निर्माण गरिने राष्ट्रिय प्राणी उद्यानको काम अधुरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सूर्यविनायक क्षेत्रमा निर्माण गरिने राष्ट्रिय प्राणी उद्यानको काम अधुरै

सुवास चौलागाईँ
भक्तपुर, १३ फागुन ।
सरकारले भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रुपमा विकास गर्ने बताएपनि अझैँ पनि काम सुरु हुनसकेको छैन । वन र वन्यजन्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि भन्दै भक्तपुरमा बनाउन लागिएको प्राणी उद्यान परियोजना तीन वर्षदेखि अलपत्र परेको हो ।

उद्यानको प्रधानमन्त्री केपी शर्मा ओलीले अघिलो कार्यकालमा सिलान्यास गरेका थिए । वन तथा भूसंरक्षण मन्त्रालयले जिल्लाको साविक तीन वटा गाउँ विकास समिति अर्थात् हालका दुई वटा नगरपालिका, ७ वटा सामुदायिक वन र राष्ट्रिय वनको केही भाग समेटेर उद्यानको रुपमा विकास गर्ने काम सुरु गरिएको थियो ।

साविकको सिपाडोल, कटुञ्जे र गुण्डु गाविससहित हालको अनन्तलिंगेश्वर र सूर्यविनायक २ वटा नगरपालिका क्षेत्रको कुल २४५.१६५ हेक्टर वन क्षेत्रलाई उद्यानको रुपमा विकास गर्ने काम थालेको हो ।

चिडियाखाना स्थापना र बिस्तार गर्दै जाने लैजाने वन नीति, २०७१ बमोजिम मन्त्रिपरिषद्को २०७१ माघ २९ मा भएको निर्णय अनुसार भक्तपुर जिल्लामा एउटा राष्ट्रिय प्राणी उद्यान केन्द्र स्थापना गर्ने उद्देश्यले काम थालिएको राष्ट्रिय प्राणी उद्यानका प्रमुख लाल बहादुर भण्डारीले बताए । प्रमुख भण्डारीका अनुसार केन्द्र स्थापना गर्न २०७१ चैत १६ को राजपत्रमा सूचना प्रकाशन गरी चार किल्ला तोकिएको थियो ।

यसका लागि २०७२ श्रावण २० मा मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय प्राणी उद्यान केन्द्र सञ्चालन निर्देशिका २०७२ स्वीकृत गरी लागू भइसकेको छ । निर्देशिका बमोजिम आव २०७२ र २०७३ मा ५० लाख रुपैयाँ बजेट विनियोजन भई नापी कार्यालय भक्तपुरले केन्द्रको साँध सिमाना समेत छुट्ट्याइसकेको छ ।

साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट एक किलोमिटर तारबार गर्न थालिएको छ । जिल्ला वन कार्यालय भक्तपुर र सुरक्षा निकायको सहयोगमा उद्यान क्षेत्र भित्रका अतिक्रमण हटाउन थालिएको छ । साथसाथै १२ किलोमिटरको परिधिमध्ये ११ किलोमिटर तारबार गर्न इटेन्डर गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);