अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँचलाख बढी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँचलाख बढी

पाँचदिन सबै सरकारी भवनमा राष्ट्रिय झण्डा आधा झुकाइने

एजेन्सी, ११ फागुन । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँचलाख बढी भएपछि राष्ट्रपति जो बाइडेनले यस्तो क्रुर भाग्य स्विकार गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँचलाख बढी भएपछि देशको नाममा सम्बोधन गर्दै बाइडेनले उक्त प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै अमेरिककामा मृत्यु भएको तितो सत्यसँगै राष्ट्रपति बाइडेनले पाँच दिनका लागि सरकारी भवनमा सबै राष्ट्रिय झण्डालाई आधा झुकाउने आदेश पनि दिएका हुन् ।

बाइडेनले ह्वाइट हाउस बाहिर मैनबत्ती बालेर मृतात्मालाई श्रद्धाञ्जली समेत दिए । कार्यक्रममा राष्ट्रपति तथा उपराष्ट्रपति दम्पत्तीले केही बेर मौन धारण गरे ।

हालसम्म अमेरिकामा २ करोड ८८ लाख कोरोना संक्रमित भइसकेका छन् । अमेरिकीहरुलाई कोरोन विरुद्ध लड्न आह्वान गर्दै राष्ट्रपति बाइडेनले हामीले गुमाएकाहरुको याद गर्न आव्हान गर्नुभयो ।

पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियतनाम युद्धमा भन्दबढी अमेरिकी कोरोनाबाट मारिएको भन्दै बाइडेनले ५ लाख बढी मृत्युको दुःखी र हृदयविदारक कोशेदुंगामा पुगेका उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);