दाहाल–नेपाल पक्षका केन्द्रीय सदस्य नागरिकता बोकेर निर्वाचन आयोग जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाहाल–नेपाल पक्षका केन्द्रीय सदस्य नागरिकता बोकेर निर्वाचन आयोग जाँदै

काठमाडौं, ७ फागुन । दाहाल – नेपाल पक्षका नेकपाका केन्दीय सदस्यहरु आ आफनो नागरिकताको प्रमाणपत्र बोकेर निर्वाचन आयोग जाने भएका छन् । आयोगले हस्ताक्षर सनाखताका लागि नबोलाए पनि उनीहरु आफै जान लागेका हुन् । केन्द्रीय सदस्य विष्णु रिजालले भने ‘हामीलाई शुक्रबार १२ बजे पार्टी कार्यलय पेरिस डाँडामा जम्मा हुन भनेको छ’ ।

पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले बिहीवारै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् ।

आयोगलाई दबाब दिने उद्देश्यले प्रचण्ड-माधव पक्षले केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा भेला हुन सूचना गरेको छ । सबै भेला भएपछि प्रचण्ड र माधव नेपाल सहित निर्वाचन आयोगमा जाने तयारी छ ।

नेकपा केन्द्रीय सदस्यको परिचयपत्रमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । प्रचण्ड(माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरिसकेकोे छ । तर आयोगले सो निर्णयलाई पनि मान्यता दिएको छैन ।

ओलीलाई अध्यक्षबाट हटाएको निर्णयमा २ सय ९३ केन्द्रीय सदस्यको हस्ताक्षर छ। सो पार्टीको निर्वाचन आयोगमा बुझाएको अघिल्लो अभिलेख अनुसार ४ सय ४१ केन्द्रीय सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);