काठमाडौँ, १५ माघ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावकको पारस्परिक सम्बन्धबाट मात्रै शैक्षिक गुणस्तर कायम हुने बताउनुभएको छ ।
विहिबार सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । पूर्व मन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई दायित्व बोध नहुँदा शैक्षिक गुणस्तरीयता कमजोर भएको उल्लेख गर्नुभयो ।
प्रविधिमैत्री विद्यालय निर्माण नभई शैक्षिक गुणस्तरीयता कायम हुन नसक्ने भएकोले विद्यालयहरु प्रविधिमैत्री बन्नुपर्ने उहाँको धारणा छ ।
उहाँले अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग श्रमलाई राज्यको अर्थतन्त्रसँग जोड्न पर्ने र अबको शिक्षा बजारसम्म बिक्री हुने खालको हुनुपर्नेमा जोड दिनु भएको छ ।