अबैधरुपमा भारतबाट नेपाल ल्याउदै गरेको २४ लाख भन्दा बढी मुल्यको मालसामान बरामद | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अबैधरुपमा भारतबाट नेपाल ल्याउदै गरेको २४ लाख भन्दा बढी मुल्यको मालसामान बरामद

नवलपरासी, ९ माघ । पश्चिम नवलपरासी प्रहरीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याँउदै गरेको २४ लाख ७१ हजार ७ सय रुपैयाँ मूल्य बराबरको मालसामान बिहीवार बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा लुकाई छिपाई राखेको २ सय २५ थान डिजल पिस्टन ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका ४ टिसिएन चोकबाट बरामद गरेको हो ।

उक्त डिजल पिस्टनको प्रतिथान १० हजार रुपैयाँका दरले २ सय २५ थानको अन्दाजी मुल्य २२ लाख ५० हजार रुपैयाँ पर्छ । सो सामान बरामद गरि आवश्यक कारबाहीको लागि बिहीवार नै महेश्वपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहीवार नै भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ७६ हजार ७ सय रुपैयाँ मुल्य बराबरको दैनिक उपभोग्य तथा खाद्यान्न सामाग्री समेत रामाग्राम नगरपालिका ७ उजैनिबाट प्रहरीले बरामद गरेको छ ।

त्यसैगरि भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी ४५ हजार रुपैयाँ मुल्य बराबरको २ सय ५० केजी माछा समेत रामग्राम १० मन्जरीयाबाट प्रहरीले बरामद गरि स्थानीयको रोहवरमा खाल्डो खनि पुरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);