नवलपरासी, १९ असोज । नवलपरासीस्थित कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् ।
बुधबार कावासोती–११ लौगाई घाटको नारायणी नदीमा पौडी खेल्ने गएका १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् ।
बेपत्ता भएकाहरुको स्थानीयवासी र सुरक्षाकर्मीद्वारा खोजी कार्य भइरहेको छ ।
पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि अन्य साथीले आफन्तलाई खबर गरेका थिए ।