देश/समाज

लागु औषधसहित ३ जनालाइ पक्राउ

कञ्चनपुर, २९ पुष। कञ्चनपुर प्रहरीले लागु औषधसहित ३ जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय नरेश दमाइ बेदकोट नगरपालिका ९ बस्ने बर्ष ३० वर्षीय भिमबहादुर बिष्ट र २७ वर्षीय हिक्मत बिष्ट रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा तिनै जनाबाट १७ ग्राम ६ सय ६० मिलीग्राम लागु औषध खैरो हिरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post
Share
Tags: pakrau

This website uses cookies.