विश्व

अमेरिकी संसद्को तल्लो सदनबाट राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पारित

एजेन्सी, २९ पुष । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ ।

ट्रम्पलाई महाभियोग लगाउने प्रक्रिया अन्तर्गत तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित गरेको हो । अब तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे मतदान हुनेछ । यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग लगाउने डेमोक्रेट्सको प्रयासमा केही रिपब्लिकनहरुले समर्थन गर्ने भएका छन् ।

प्रतिनिधि सभाकी रिपब्लिकन सदस्य लिज चेनीले अघिल्लो हप्ताको अमेरिकी संसदमा भएको हिंसापछि ट्रम्पविरुद्ध महाभियोगको पक्षमा मतदान गर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसैगरी रिपब्लिकन सदस्य, जोन काटको र एडम किंजिनरले पनि महाभियोगको पक्षमा मतदान गर्ने बताएका छन् । अर्काेसाता डेमोक्रेट जो बाइडेनले राष्ट्रपतिको पदभार सम्हाल्नु हुनेछ । योसंगै आफ्नो कार्यकालमा दुई पटक महाभियोगको सामना गर्ने ट्रम्प पहलो अमेरिकी राष्ट्रपति हुनुहुने छ ।

Related Post
Share
Tags: donaldtrump

This website uses cookies.