विश्व

राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग प्रस्तावमा केही रिपब्लिकनको पनि समर्थन

एजेन्सी,२९ पुष। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाभियोग लगाउने डेमोक्रेट्सको प्रयासमा केही रिपब्लिकनहरुले समर्थन गर्ने भएका छन् ।

प्रतिनिधि सभाकी रिपब्लिकन सदस्य लिज चेनीले अघिल्लो हप्ताको अमेरिकी संसदमा भएको हिंसा देखेपछि ट्रम्पविरुद्ध महाभियोगको पक्षमा मतदान गर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । पूर्व उप–राष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीले महाभियोगको समर्थन गर्ने बताउनु भएको हो ।

चेनीले अमेरिकाका कुनै पनि राष्ट्रपतिले आफ्नो अफिस र संविधानको शपथमाथि यति ठूलो विश्वासघात गरेका छैनन् । ‘ट्रम्पले अमेरिकाको संविधानमा प्रहार गर्दै संसदमा आक्रमण गरेको चेनीको आरोेप छ । यसैगरी रिपब्लिकन सदस्य, जोन काटको र एडम किंजिनरले पनि महाभियोगका लागि मतदान गर्ने बताएका छन् । अर्काेसाता डेमोक्रेट जो बाइडेनले राष्ट्रपतिको पदभार सम्हाल्नु हुनेछ ।

राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोग प्रस्तावमा बुधबार मतदान हुनेछ । योसंगै आफ्नो कार्यकालमा दुई पटक महाभियोगको सामना गर्ने ट्रम्प पहलो अमेरिकी राष्ट्रपति हुनुहुने छ ।

Related Post
Share
Tags: donaldtrump

This website uses cookies.