राजनीति

कांग्रेस चुनावमा जान तयार : देउवा

सिन्धुपाल्चोक, २८ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताउनुभएको छ । कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकमा मंगलबार आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीता समापन समारोहमा बोल्दै देउवाले नेपाली काँग्रेसले स्वतन्त्र न्यायलयको निर्णयलाई मान्ने बताउनुभयो ।

‘हामी स्वतन्त्र न्यायलयलाई यसो गर उसो गर भन्दैनौ,’ उहाँले भन्नुभयो, ‘अदालतको जे फैसला आउँछ सोही अनुसार अघि बढनेछौँ । प्रजातान्त्रिक शक्तीले अदालतमा बिचाराधिन मुद्दामा सडक तताउँदैन, स्वतन्त्र न्यायलयको फैसला स्विकार गर्दछ ।’

उहाँले भन्नुभयो, ‘संसद पुनस्थापना भए हामी स्कीर्कार्छौ, नभए चुनावमा जान्छौँ ।’ त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेसले विगतमा धेरै फरक बिचारका पार्टीहरुलाई समेत मिलाएर संविधान घोषणा गरेको स्मरण गर्दे बस्नेतले संसद विघटन गर्नु दुःखद भएको बताउनुभयो ।

फुलबल प्रतियोगिताको उपाधि सुनकोशी गाउँपालिकाले हात पारेको छ । आज भएको फाइन खेलमा सुनकोशीले मेलम्ची नगरपालिकालाई १ पराजित हराउदै उपाधि जितेको हो ।

बस्नेतका स्वर्गीय आमा कोमलमाया बस्नेत र बुबा खड्गबहादुर बस्नेतको स्मृतिमा बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा एक साता देखि सिन्धुपाल्चोकको गाउँपालिका र नगरपालिका स्तरीय फुटबल प्रतियोगीता सञ्चालन भएको थियो ।

Related Post
Share

This website uses cookies.