विश्व

जापानको समुद्री तटीय क्षेत्रमा बाक्लो हिमपात, १३ जनाको मृत्यु, सयौं वेपत्ता

एजेन्सी, २९ पुष । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ भने सयौं व्यक्ति घाइते भएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार हिमपातका कारण सडक यातायात प्रभावित भएका छन् ।

स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा त्यहाँ ४७ जना घाइते भएका छन् । यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्ने क्रममा चार जनाको मृत्यु भएको छ ।

हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ । यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ ।

होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । किन्की, टोकाई र शिकोकु क्षेत्रका पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ परेको जापानको मौसम विभागले बताएको छ ।

Related Post
Share
Tags: Japan

This website uses cookies.