सूचना/ प्रबिधि

समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारलाई आग्रह : संचार मन्त्री गुरुङ

काठमाडाैं, २८ पुष । संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका पत्रकारहरुसँगको भेटमा मन्त्री गुरुङले सचेत भएर कार्यसम्पादन गर्न आग्रह गर्नु भएको हो । समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भएपनि अहिले ठिक उल्टो भैरहेको मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्रि गुरुङ सँगको भेटमा पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधिले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

Related Post
Share

This website uses cookies.