राजनीति

प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले छिटो फैसला गर्नुपर्छ : उपसभापति निधि

काठमाडाैं, २८ पुष । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले छिटो फैसला गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन धनुषाले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले सर्वोच्चबाट संसद पुनस्र्थापना वा निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताउनु भएको हो ।

लोकतान्त्रिक प्रणाली, देश, जनता र संविधानको रक्षाको लागि प्रतिनिधिसभाको आवश्यकता भएको बताउँदै कांग्रेस प्रतिनिधिसभा प्राप्त गर्ने दुवै विकल्पका (ससंद पुनस्र्थापना वा निर्वाचन) लागि तयार रहेको उहाँले बताउनु भयो ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा परेका एक दर्जन भन्दा बढी रिटहरु माथि संवैधानिक इजलासमा सुनुवाइ भईरहेको छ । त्यसैगरी नेता निधिले प्रतिनिधिसभा बिघटन असंवैधानिक भएपनि चुनाव घोषणा संवैधानिक भएको बताउनु भएको छ ।

चुनावमा जानु परे कांग्रेस संघीयता, गणतन्त्रको सम्बद्र्धन र जनताको दुःखको मुद्दालाई लिएर जाने पनि उहाँले उल्लेख गर्नु भयो ।

Related Post
Share

This website uses cookies.