राजनीति

तीन प्रदेशमा दाहाल–नेपाल पक्षकाे बृहत कार्यकर्ता भेला

काठमाडाैं, २८ पुष । नेकपा दाहाल–नेपाल पक्षले मंगलबार तीन वटा प्रदेशमा प्रदर्शनसहित बृहत कार्यकर्ता भेला आयोजना गर्न लागेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी दोस्रो चरण आन्दोलन चलाइरहेको नेकपाले तीन प्रदेशमा कार्यकर्ता भेला गर्न लागेको हो ।

मंगलबार प्रदेश २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला आयोजना गर्न लागेको नेकपाले जनाएको छ ।

भेलालाई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Related Post
Share

This website uses cookies.