रोचक खबर

धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर

धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको र्कीर्तिपुरमा बाघभैरव मन्दिर अवस्थित रहेको छ । यो मन्दिर काठमाडौ उपत्यकाबाट ७ किलो मिटर दक्षिण पश्चिमा अवस्थित छ । समन्द्र सतहबाट एक हजार ४०५ मीटर उचाइमा रहेको यो मन्दिरको क्षेत्रफल लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर छ । र्कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै र्सवाधिक ठूलो र महत्वर्पूण मन्दिर हो ।

कारोना कहरका कारण लामो समयसम्म मठमन्दिरहरु बन्द रहेका थिए । पौष एक गतेबाट मठमन्दिर खोलिए सँगै बाघ भैरव मन्दिर पनि खोलिएको हो । र्भखर मन्दिर खोलिएको भएर पनि भक्तजनको चहलपहल भने त्यति देखिदैन । प्यागोडा शैलीमा निर्मित तीन तल्ले मन्दिर जसको माथिल्लो छानो पित्तल, त्यसभन्दा तलको र्दुइ छाना झिँगटीले छाएको छ । मन्दिरमा १८ बटा गजुर रहेका छन् ।

काष्ट कलाको अनुपम उदाहरण देख्न सकिने यस मन्दिरमा पहिलो तल्लामा रामायण र महाभारतका चित्र कुदीएका छन् । मन्दिरको पश्चिमतर्फ नाटेश्वरको मूर्ति रहेको देख्न सकिन्छ । यहाँ किर्तीपूर बासीहरु बाजागाजा सिक्नको लागि यहाँ आई पूजा गरि सुभारम्भ गर्ने र सिकीसकेपछि पूजा आजा गर्नु पर्ने प्रचलन रहेको छ । त्यस्तै दक्षिण तर्फ फर्र्किएको उक्तमन्दिर भैरबको मूर्ती पूर्वतर्फ मुखाकृति गरेर राखिएको छ । मन्दिरमा रहेका मूख्य भैरवको मन्दिरको फोटोखिच्न पाइदैन मात्र दर्शन गर्ने गरिन्छ ।

मन्दिरमा भैरवको मूर्तिको दर्शन गर्न भने स्वदेशीलाई मात्र अनुमती दिइएको छ । त्यहाँ सानासाना घण्टहरु झुण्डाइएको छ ति घण्टहरु भक्तजनको मनाकामना पूराभएपछि राखिएको बताइएका छ । त्यस्तै मन्दिर प्राङणमा राखिएको ठूला ठूला घण्टहरुले मन्दिर परिसर अझै सुन्दर देखिएको छ । मन्दिर विहान ५ बजे खोलिने र बेलुकी ९ बजे बन्दहुने गर्दछ । मन्दिरमा दैनिक नित्यपूजा र आरती विहान मात्र गरिने परम्परा रहेको छ ।

बाघभैरवको र्मूर्तिमा शरीरको भाग माटो तथा मुखाकृति चाँदीको रहने परम्परा अनुसार मन्दिर भित्र माटोले बनेको मूर्तीमा माथीबाट भैरबको मुखाकृति चाँदीकोे देख्न सकिन्छ । भैरवको जीभ्रो भने छैन । बाघभैरवलाई र्कीर्तिपुरवासीका आराध्यदेवका रूपमा लिने गरिन्छ । धार्मिक, सांस्कृतिक महत्वका साथै प्राचीन प्रस्तरकला र काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर काष्टकलाले भरीपूर्ण यो मन्दिर ९० सालको भूकम्प र २०७२ सालको भूकम्पले क्षेति पु¥याएको छैन ।

प्राचीन प्रचलनअनुसार र्मूर्ति निर्माणका लागि र्कीर्तिपुरका विभिन्न सात स्थान र काठमाडौँको म्हृेपीबाट माटो ल्याउने प्रचलन रहेको छ । मन्दिर परिसरमा विभिन्न देवी देवताको दर्शन गर्न सकिन्छ । जसमा मन गणेश, मूल गणेश , राम चन्द्र, विश्वकर्मा , धर्तीमाता , विष्णु माता , नारायण , इन्द्रायणी , यमलेश्वर महादेव, भवानी शंकर, नाग देवता , हनुमान स्थापना गरिएको छ ।यी मन्दिर विहानी समयमा मात्र खुल्ने गरेको छ ।

मन्दिर परिसरमा पश्चिम तर्फ इन्दे्रणी माता मन्दिर पनि रहेको छ । इन्द्रेण माताको पनि खटयात्रा हुने गर्दछ । जुन खट मन्दिर प्राङण देख्न सकिन्छ । त्यस्तै मन्दिरको पश्चिम तर्फ नै बाघभैरब नगर भजन मण्डल रहेको छ जहा दैनिक एक घण्टा बिहान बेलुका भजन कृतन गर्ने गरिएको बताइएको छ । बाघ भैरव मन्दिरमा हुने जात्रा पर्वको विषयमा कुरा गर्दा यहाँ प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा बाघ भैरव जात्रा मनाइने गरिन्छ । जात्राको अवसरमा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन् ।

यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट पूजा गरि साँझ बाघभैरव मन्दिरमा रहेको मुल मूर्तिको प्रतिरुप सानो मूर्तिलाई खटमा राखेर कीर्तिपुर नगर परिक्रमा गराइन्छ । लिच्छवी राजा शिवदेव तृतीयले कीर्तिपुरको जंगलमा मानवबस्ती बसाएर नगर र्निमाण गरेको र राजा विष्णु मल्लले जात्रा व्यवस्थित गरी पुनः चलाएको इतिहासमा उल्लेख छ । खटजात्रा चलाउने परम्परा विसं २०१४ भदौ १ गतेदेखि सुरु गरिएको भनाइ छ ।

जात्राको अवसरमा बाघ भैरवको मूर्तिमा ३६० ओटा रोटी चढाउने र तान्त्रिक पूजा गर्ने गरिन्छ भने मन्दिरमा १०८ पटक परिक्रमा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । प्राचीन प्रस्तरकला र काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर नेपालको ऐतिहासिकताको अध्ययनका लागि पनि महत्वर्पूणस्थल लिन सकिन्छ । यहाबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि उपयुक्त स्थल मानिन्छ ।

मन्दिरको प्राङणबाट देखिने हिमालका सुन्दर दृष्य ,स्वयम्बु, गुम्बा लगायत काठमाडौको सुन्दर दृष्यले मनलाई लोभ्याउछ । र्कीर्तिपुरको ऐतिहासिकतासँग जोडिएको बाघभैरव क्षेत्रको अवलोकनका लागि दैनिक स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । यूद्धको समयमा विर गोरर्खालीहरुबाट खोसीएका हातहरियार समेत मन्दिरमा राखिएको देख्न सकिन्छ ।

Share

This website uses cookies.