देश/समाज

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

उत्तम रिजाल, झापा, २४ पुष । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्ने ६ जनामध्ये ३ जनालाई शिवसताक्षी नगरपालिकाबाट र ३ जना मेचीनगर नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहीबार राती साँढे ७ बजे शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानी गाँपालिका–६ का २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी बिहीबार राती नै ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरी राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Related Post
Share

This website uses cookies.