अन्य

पद्मा ग्रुपमा रोजगारी खुल्यो, योग्यता पुगेकालाई सुनौलो अवसर

मिडिया, रियल स्टेट र हस्पिटालिटी क्षेत्रमा स्थापित पद्मा ग्रुपमा रोजगारीको अवसर खुलेको छ । ५१ पदका लागि कम्पनीले इच्छुक र योग्य व्यक्तिलाई आवदेन दिन आव्हान गरेको हो ।

कम्पनीमा उप–प्रमुख कार्यकारी अधिकृत देखि समाचार प्रस्तुतकर्ता पदसम्मका लागि निवेदन माग गरिएको कम्पनीले जारी गरेको विज्ञापनमा उल्लेख छ ।

कम्पनीले आव्हान गरेको पदमा डेपुटी चिफ एक्जेक्युटिभ अफिसर (तीन जना), चार्टर्ड एकाउन्टेन्ट (तीन जना), डेपुटी जनरल मेनेजर–इन्जिनियरिङ (६ जना), सेल्स र मार्केटिङ मेनेजर (दुई जना), साइट इन्जिनियर (१० जना), प्रोक्युरमेन्ट अफिसर (दुईजना), इन्भेन्ट्री र स्टोर अफिसर (तीन जना), अफिसर–प्रशासन (तीन जना), अफिस सेक्रेटरी (तीन जना), प्रदेश मेनेजर (सात जना) र टिम लिडर–एंकर (१० जना) रहेका छन् ।

पद्मा ग्रुपले इच्छुक आवेदकलाई आफूलाई मन परेको क्षेत्र रोज्न सक्ने अवसर समेत प्रदान गरेको छ । कर्मचारीको क्षमता र योग्यता अनुसारको तलब र सुविधा दिइने समेत कम्पनीले जनाएको छ । तर आवदेकमा भने घुमफिर गर्नको लागि तयार रहने, विभागीय जिम्मेवारी लगायत पूर्ण समर्पण भावसहित प्रस्तुत हुने व्यक्तित्वलाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।

उल्लेखित पदहरुमा आवेदन दिनका लागि आवेदकले १८ जनवरी भित्रमा आफूले इच्छाएको पद उल्लेख गर्दै आफ्नो शैक्षिक योग्यदा उल्लेख गर्दै बायो डाटा र निवेदन info@padmagroupofcompanies. वा hr.padmagroup@gmail.com मा पठाइसक्नुपर्नेछ ।

यस्तो छ आवेदन मागिएको पदहरुको पूरा विवरण :
१. डेपुटी चिफ एक्जेक्युटिभ अफिसर
मिडिया (१), रियल स्टेट (१) र हस्पिटालिटी (१)
आवश्यक शैक्षिक योग्यताः चार्टर्ड एकाउन्टेन्ट वा एमबीए
अनुभवः उच्च व्यवस्थापन र नेतृत्व तहमा दुई वर्षको अनुभव

२. चार्टर्ड एकाउन्टेन्ट (फाइनान्स मेनेजर/फाइनान्सियल एनालिस्ट)
मिडिया (१), रियल स्टेट (१ं), हस्पिटालिटी (१)
आवश्यक शैक्षिक योग्यताः चार्टर्ड एकाउन्टेन्ट
अनुभवः वित्त व्यवस्थापन र विश्लेषणमा दुई वर्षको अनुभव

३. डेपुटी जेनरल मेनेजर – इन्जिनियरिङ
रियल स्टेट (३ं), हस्पिटालिटी (३)
आवश्यक शैक्षिक योग्यताः सिभिल इन्जिनियर, आर्किटेक्ट
अनुभवः सम्बन्धित काममा तीन वर्षको अनुभव

४. मेनेजर– सेल्स र मार्केटिङ
मिडिया (१ं), रियल स्टेट र हस्पिटालिटी (३)
आवश्यक शैक्षिक योग्यताः एमबिए
अनुभवः सम्बन्धित काममा दुई वर्षको अनुभव

५. साइट इन्जिनियर
रियल स्टेट र हस्पिटालिटी (१०)
आवश्यक शैक्षिक योग्यताः सिभिल इन्जिनियर (बीई)
अनुभवः सम्बन्धित काममा दुई वर्षको अनुभव

६. अफिसर–प्रोक्युरमेन्ट
रियल स्टेट र हस्पिटालिटी (२)
आवश्यक शैक्षिक योग्यताः व्यवस्थापनमा स्नातक
अनुभवः सम्बन्धित काममा दुई वर्षको अनुभव

७. अफिसर–इन्भेन्ट्री म्यानेजमेन्ट/स्टोर
रियल स्टेट र हस्पिटालिटी (२)
आवश्यक शैक्षिक योग्यताः व्यवस्थापनमा स्नातक
अनुभवः सम्बन्धित काममा दुई वर्षको अनुभव

८. अफिसर–प्रशासन
मिडिया (१), रियल स्टेट (१) र हस्पिटालिटी (१)
आवश्यक शैक्षिक योग्यताः व्यवस्थापनमा स्नातक
अनुभवः सम्बन्धित काममा दुई वर्षको अनुभव

९. अफिस सेक्रेटरी
मिडिया (१), रियल स्टेट (१) र हस्पिटालिटी (१)
आवश्यक शैक्षिक योग्यताः एमबीए
अनुभवः सम्बन्धित काममा दुई वर्षको अनुभव

१०. प्रदेश मेनेजर
मिडिया (७)
स्थानः सम्बन्धित प्रदेश कार्यालय
आवश्यक शैक्षिक योग्यताः एमबीए÷चार्टर्ड एकाउन्टेन्ट
अनुभवः सम्बन्धित काममा तीन वर्षको अनुभव

११. टिम लिडरः प्रेजेन्टर/एन्कर
मिडिया (१०)
आवश्यक शैक्षिक योग्यताः आमसञ्चारमा स्नातक
अनुभवः सम्बन्धित काममा एक वर्षको अनुभव

Share
Tags: vacancies

This website uses cookies.