अर्थ ⁄ वाणिज्य

नेपालको आर्थिक वृद्धिदर सून्य दशमलव ६ प्रतिशत मात्रै रहने विश्व बैंकको प्रक्षेपण

काठमाडाैं, २२ पुष । कोरोना भाइरसको महामारीबाट प्रभावित चालु आर्थिक वर्ष २०७७÷७८मा नेपालको आर्थिक वृद्धिदर सून्य दशमलव ६ प्रतिशतमात्रै रहने विश्व बैंकले पुनः दोहो¥याएको छ ।

यसअघि विश्व बैंकले गत चैतमा समेत यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सून्य दशमलव ६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । बिश्व बैंकले सन २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने दावि बजेटमार्फत गरेको छ । विश्व बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर सून्य दशमलव २ प्रतिशत कायम रहने अनुमान गरेको छ ।

यो आर्थिक वर्षको आर्थिक वृद्धिदरबारे प्रतिवेदन भने सरकारले सार्वजनिक गरिसकेको छैन ।विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्ने छ ।

यस आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर ९दशमलव ६ प्रतिशतले नकारात्मक रहने छ । बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ ।माल्दिभ्सको ९दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर रहने भएको छ ।

विश्व अर्थतन्त्रमा भने सन् २०२१ मा ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने विश्व बैंकले जनाएको छ । खासगरी कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्व बैंकको भनाई छ ।

Related Post
Share
Tags: WorldBank

This website uses cookies.