देश/समाज

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

उत्तम रिजाल, झापा, २० पुष । झापाको दमकबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई दमक–३ बेलडागीबाट ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिडिरहेका दमक नगरपालिका–८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ मोरङका २२ बर्षीय रोशन कुमार मग्रातीलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Related Post
Share

This website uses cookies.