एजेन्सी, १८ पुष । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई हृदयघात भएको छ । शनिबार बिहान कसरत गरिरहदा टाउको दुखेपछि कोलकोताको वुडल्याण्ड अस्पतालमा उपचारहुँदन उनलाई हृदयघात भएको पुष्टि भएको हो ।
४५ बर्षिय गांगुलीको एन्जियोप्लाष्टी गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले एन्जियोप्लाष्टी गरेपछि उनको मुटुमा स्टेन्ट राखिएको जनाएको छ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान गांगुलीको स्वास्थ्य अवस्था ठिक रहेको अस्पतालले बताएको छ ।