काठमाडौँ, १८ असोज । वन मन्त्रालयले जिल्ला बन अधिकृत डीएफओ, सहायक वन अधिकृत एएफओ र रेन्जरको सरुवा रोकेको छ ।
वन विभागले तीनटै तहका गरी करिव ५४ जनाको सरुवा प्रस्ताव गरे पनि सचिव प्रकाश माथमाले चुनाव आचारसहिंतालगायतलाई कारण देखाएर रोकेका हुन्।
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्याले दुई बर्ष अवधि पुगेका र रिक्त रहेका तराई, चुरे र अन्य जिल्लाक डिएफओको सरुवा प्रस्ताव गरेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।