काठमाडौं, ७ पुष । नेकपाले ११ सय ९९ केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो घोषणा गरेको हो ।
बेठकमा पूर्व माओवादी पक्षधर मानिएका स्थायी समिति सदस्य टोपबहादुर रायामाझी र मणि थापा समेत सहभागी छन् ।
यस अघि बैठकमा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने प्रष्ट पार्नुभएको छ । उहाँले अर्का अध्यक्ष प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही पनि नहुने बताउनुभएको छ ।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरुले पार्टी फुटाउँन नचाहेको बताउनुभयो ।