किसान संगठनद्वारा आज भारत बन्दको आह्वान | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

किसान संगठनद्वारा आज भारत बन्दको आह्वान

एजेन्सी, २३ मंसिर । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा आन्दोलनरत भारतका किसान संगठनरुले आज भारत बन्द आह्वान गरेका छन् ।सरकारले किसान विरोधी र व्यवसायिक घरानालाई हित हुने कानून ल्याएको भन्दै तीनै कानून फिर्ता हुनु पर्ने माग गर्दै आएका किसानले भारत बन्द आह्वान गरेका हुन् ।

पञ्जाब, हरियाणासहितका किसान झण्डै दुई हप्तादेखि दिल्ली चलो आन्दोलन अन्तर्गत राजधानी दिल्लीका विभिन्न सीमामा धर्नामा बसेका छन् । उनीहरुलाई सरकारले दिल्ली प्रवेश गर्न दिएको छैन । भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले बन्द बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म जारी रहने जनाएका छन् ।

बन्दमा दूध तथा तरकारीको आपूर्ति बन्द राख्न आह्वान गरिएको छ । यद्यपि अस्पताल, एम्बुलेन्स, विवाहका गाडी आवागमन नरोकिने जनाइएको छ । बन्दलाई विपक्षी २४ राजनीतिक दलले समर्थन गरेका छन् ।

किसान नेताहरुले आफ्नो आन्दोलनको समर्थनमा आएका सबै राजनीतिक दलहरुसँग यसको राजनीतिक रुपमा प्रयोग नगर्न अपिल गरेका छन् । सरकार र किसान प्रतिनिधिबीच ५ चरणमा वार्ता भइसके पनि हालसम्म कुनै निकास निस्कन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);