काठमाडौं, २० मंसिर । सत्तारुढ दल नेकपा भित्रको विवाद नसुल्झिएसँगै सडकमा व्यवस्था विरोधी नारा जुलुस हुन थालेको छ । संघीयताले मुलुक कमजोर बनाएको र भ्रष्टाचार बढेको भन्दै काठमाडौं, चितवन, झापा लगायतका सहरमा ठूलै संख्यामा विरोध प्रदर्शन भएको देखिनुले सत्तारुढ दलका नेतृत्व सच्चिन आवश्यक देखिएको छ ।
सत्तारुढ दल र विपक्षी दल भित्रको अवस्था अहिलेकै जस्तो रहे अहिले सानो देखिएको व्यवस्था विरोधी प्रदर्शन भोलि नबढ्लान भन्न सकिन्न ।
नेकपा भित्र देखिएको विवादले सडक आन्दोलनलाई मलजल गरेको सत्तापक्षकै नेताहरुले बताउन थालेका छन् ।