यूईएफए नेसन्स लिगको सेमिफाइनलको ‘ड्र’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

यूईएफए नेसन्स लिगको सेमिफाइनलको ‘ड्र’ सार्वजनिक

एजेन्सी , १९ मंसिर । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलको ‘ड्र’ सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सेमिफाइनल खेलको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको तालिका अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । पहिलो सेमिफाइनल मिलानमा २०२१ को अक्टोबर ६ मा हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने छन् । दोस्रो सेमिफाइनल खेल अक्टोबर ७ मा टुरिनमा हुनेछ । फाइनल खेल भने अक्टोबर १० मा मिलानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);