नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने

काठमाडाैं, १८ मंसिर । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हंकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ ।

खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताउनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने उहाँले स्पष्ट पार्नुभयो ।

यद्यपी खेल कहिले हुने भन्ने सम्बनधमा राखेपले छिट्टै निर्णय गर्नेपनि बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);