स्वास्थ्य

२४ घण्टामा ५ सय १५ संक्रमित डिस्चार्ज, १९ जनाको मृत्यु

काठमाडौं, १३ मंसिर । पछिल्लो २४ घन्टामा ५ सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १४ सय ५४ पुगेकाे छ ।

उपत्यकामा ६ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ८५ महिला र ३ सय ६० पुरुष गरी जम्मा ६ सय ४५ जनामा संक्रमण देखिएको हो ।

Related Post
Share

This website uses cookies.