देश/समाज

कोरोना संक्रमण जोखिममा भौतिक दुरी पालनाप्रति सर्वसाधारणको बेवास्ता


सुनसरी,१३ मंसिर। कोरोनाको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले संक्रमण ऐन २०२० लागु गरेको छ । संक्रमण ऐनमा सार्वजनिक ठाउँमा भेला, सम्मेलन गर्न बन्देज लगाईएको छ । तर, सुनसरीको धरान १३ स्थित कृषि उपज बजारको चौपाया बजारमा सरकारले लागु गरेको ऐन विपरीत भिडभाड गरेको पाइएको छ ।

खसीबोका खरिद विक्रीकालागि आएका व्यापारी तथा उपभोक्ताहरुले सामाजिक दुरी कायम त गरेका छैनन् नै कतिपयले माक्स समेत लगाएका छैनन् । बजार स्थलमा खसीबोका खरिद विक्रीकालागि आएका व्यापारी तथा उपभोक्ताको भिड थामिनसक्नु छ ।

यस वजारमा पुर्वी पहाडी जिल्ला तथा तराईका विभिन्न जिल्लाबाट कृषक तथा व्यापारीहरु खसीबोका खरिद विक्रीकालागि आउने गरेका छन् । सरकारले लागु गरेको ऐन अनुसार कृषि बजारले व्यावस्थापन गरेपनि व्यावस्थापन फितलो हुँदा भिड नियन्त्रण हुन सकेको छैन । अधिकांस व्यापारी तथा उपभोक्ताले कोरोनालाई सामान्य रुपमा लिएको पाइएको छ ।

कतिपय व्यापारी तथा उपभोक्ताले भने संक्रमणको त्रास हुदा हुँदै पनि आर्थिक स्रोत उपार्जनकालागि बाध्य भएर आउनु परेको प्रतिक्रिया दिएका छन् ।

बजारलाई व्यावस्थित गर्न निर्माण कार्य भइरहेको कृषि उपज बजार व्यवस्थापनले जनाएको छ ।भिडभाड बढ्दा संक्रमणको जोखिम बढ्ने भएकोले चाडै बजार व्यावस्थापन समितिसंग छलफल गरी निकास खोजिने वडा कार्यालयले जनाएको छ । ठुलो मात्रामा कारोबार हुने बजारको व्यावस्थापनलाई ध्यान दिएको पाइदैन । राम्रो व्यवस्थापन गर्न सके कृषि बजारले पाएको साख अझ बढेर जाने थियो ।

Related Post
Share

This website uses cookies.