विश्व

अमेरिका राष्ट्रपतीय चुनाव: ट्रम्पभन्दा बाइडेन अगाडि

एजेन्सी, २० कार्तिक । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणनामा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

बाइडेनले आफु ट्रम्पभन्दा अगाडी रहेको र जित सुनिश्चित हुँदै गएको बताउनुभएको छ भने बर्तमान राष्ट्रपति समेत रहनुभएका डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाइरहनु भएको छ ।

पछिल्लो अपडेट अनुसार ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ । यसबाट बाइडनले २४३ इलेक्टरल मत प्राप्त गर्नुभएको छ भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाउनुभएको छ ।

जितका लागि निकै महत्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ । यसैबीच बाइडेनले आफूले जिते सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाउनुभएको छ । उता राष्ट्रपति ट्रम्पले भने कुनै प्रमाण नदिई चुनावमा धाँधली भएको आरोप लगाउँदै सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताउँदै आउनुभएको छ । तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति अपमानजनक भएको भन्दै मतगणना नरोकिने जनाएको छ ।

ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ । त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो।

अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन्। यो पटक अमेरिकी निर्वाचनमा सर्वाधिक संख्यामा मतदाताहरू सहभागी भएका छन् । मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलनदेखि लिएर झिनो मत अन्तरले डोनल्ड ट्रम्पको जित हुनेसम्मका प्रक्षेपणहरू थिए ।

Related Post
Share
Tags: donaldtrump

This website uses cookies.