राजनीति

नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट : महासचिव पौडेल

काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपाको एकीकृत अस्तित्व संकटमा रहेको उल्लेख गर्नुभएको छ । आइतबार सामाजिक संजालमा ट्वीट गर्दै पौडेलले सो कुरा बताउनुभएको हो ।

पौडेलले ट्वीटमा लेख्नुभएको छ, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’

Related Post
Share

This website uses cookies.