विश्व

न्युजिल्याण्डमा ‘इच्छा मृत्यु’ को पक्षमा ६५.२ प्रतिशतभन्दा बढीले गरे मतदान


एजेन्सी, १४ कार्तिक । न्युजिल्याण्डका बासिन्दाले ‘इच्छा मृत्यु’ को पक्षमा मतदान गरेका छन् । न्युजिल्याण्डमा यो महिना भएको आम निर्वाचन मार्फत गरिएको जनमत संग्रहमा ‘इच्छा मृत्यु’ को पक्षमा नतिजा देखिएको देशको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको हो ।

न्युजिल्याण्डका जनतालाई इच्छा मृत्युसम्बन्धी ‘इन्ड अफ लाइफ च्वाइस बिल’ नामक कानुनको पक्ष वा विपक्षमा मतदान गर्न भनिएको थियो । यसले दीर्घकालिन र गम्भीर बिरामी भएकालाई उनीहरुको इच्छाअनुसार मृत्यु प्राप्तिका लागि मान्यता दिने छ ।

प्रारम्भिक नतिजाअनुसार ६५ दशमलव २ प्रतिशतभन्दा बढी मतदाताले यस कानुनको पक्षमा मतदान गरेका छन् । झण्डै ५ लाख मत अझै गन्न बाँकी रहेको छ ।

यसको अन्तिम नतिजा नोभेम्बर ६ मा जारी गरिनेछ । यो कानून लागूभएपछि न्युजिल्याण्ड, नेदरल्याण्ड र क्यानडापछि पछि इच्छा मृत्युलाई वैधानिकता दिने तेस्रो राष्ट्र बन्नेछ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आड्र्रेन ‘इच्छा मृत्यु’ र गाँजाको प्रयोगलाई वैधानिकता दिने पक्षमा भ्एपनि गाँजाको प्रयोगको विषयमा भने ५३ दशमलव .१ प्रतिशत जनता विपक्षमा उभिएका छन् ।

Related Post
Share

This website uses cookies.