खेलकुद

आईपीएल टी–ट्वान्टीः सनराइजर्स हैदराबादसँग ८ विकेटले राजस्थान रोयल्स पराजित

एजेन्सी, ७ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार राति भएको खेलमा हैदराबादका खेलाडी मनिस पाण्डे र विजय शंकर चम्किएपछि राजस्थान ८ विकेटले पराजित भएको हो ।

राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । हैदराबादको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले । पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन बनाए । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ३६, बेन स्टोक्सले ३०, रयान परागले २०, कप्तान स्टिभ स्मिथले १९, रोबिन उथप्पाले १९, जोस बट्लरले ९ रन बनाउदाजोफ्रा आर्चर १६ रनमा अविजि रहे । हैदराबादका जासन होल्डरले ३ तथा विजय शंकर र राशिद खानले १/१ विकेट लिए ।

जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।

Related Post
Share

This website uses cookies.