सरकार कोरोनाको उपचारबाट पन्छिएको भन्दै नेपाली कांग्रसको विरोध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सरकार कोरोनाको उपचारबाट पन्छिएको भन्दै नेपाली कांग्रसको विरोध

काठमाडाैं, ३ कार्तिक । नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने भ्रमको अन्त्य भएको टिप्पणी गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितले आफ्नै खर्चबाट उपचार गर्नपर्ने सरकारको निर्णयबाट ‘देशमा सरकार छ’ भन्ने भ्रमको अन्त्य भएको टिप्पणी गनूृभएको हो ।

विज्ञप्तिमा संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने उल्लेख छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको उल्लेख गर्दै कांग्रेसले।

संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट गरेको छ । सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेश सरकारले पालना नगरेको पनि कांग्रसको आरोप छ ।

कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्तै गैह्रजिम्मेवार व्यवहार भएको कांग्रेस विज्ञप्तिमा उल्लेख छ ।

सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको भन्दै कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन कांग्रेसले सरकारसँग आग्रह समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);