धनुषामा सिचाई योजनाको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

धनुषामा सिचाई योजनाको शिलान्यास

प्रदेश, २ कार्तिक । धनुषा जिल्लाको सिमावर्ती क्षेत्र जटहीमा ६ करोड भन्दा बढीको लागतमा निर्माण हुने सिचाई आयोजनाको सिलान्यास गरिएको छ । सिचाईको आभावमा कृषि कार्यमा समस्या भईरहेको छ । जिल्लाको नगराईन नगरपालिका २ जटहीमा रहेको पीपरा मईन सिचाई आयोजनाको काम २ वर्ष भित्र सम्पन्न भएपछि ३ सय ५० हेक्टर जग्गामा सिचाईको व्यवस्था हुने जलस्रोत तथा स्ािँचाई विकाु डिभिजन जनकपुरधामका सि.डि.ई. भगवान झाले जानकारी दिनुभयो ।

सो क्षेत्रका संघीय सँसद राजेन्द्र महतो तथा प्रदेश नं. २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सो आयोजनाको संयुक्त रुपमा सिलान्यास गर्नुभयो । योजनाको पानीको मुहान पिपरा मईन हुने जुन पेरेनियल अर्थात वर्ष भरि नै पानी रहने किसिमको हुने छ । २२ मि लम्बाईको परमानेन्ट वेइर स्ट्रक्चर सहित २ कि.मि लम्बाईको मुल नहर सहित निर्माण हुन लागेको योजना अगामि आर्थिक वर्ष २०७९–०८० भित्र समपन्न हुने लक्ष्य लिइएको छ ।

धनुषा जिल्लाको नगराइन नगरपालिकाको जटहीमा पिपरा मईन सिंचाई योजनाको शिलान्यास गरिएको छ । सो सिंचाइले ३ सय ५० हेक्टर जग्गामा पानी पुग्ने जलस्रोत तथा सिंचाई विकास डिविजन जनकपुरधामका प्रमुख भगवान झाले जानकारी दिनुभएको छ । सिचाईले नगराइन नगरपालिकाका किसानलाइए ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);