आईतबार सुन २ सयले घट्यो

काठमाडौं, २ कार्तिक । साताको पहिलो दिन आईतबार सुनको भाउ सामान्य घटेको छ । गत साता अन्तिम दिनको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुन सस्तिए नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ७ सय तोकेको छ ।

गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै घटेर ९४ हजार २ सय कायम भएको छ । चाँदी आज पनि तोलाको १२ सयमै स्थिर रहेको महासंघले जनाएको छ ।।

Leave a Reply