चाडबाड नजिकिएसंगै उपत्यकामा सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८१, आइतबार

चाडबाड नजिकिएसंगै उपत्यकामा सुरक्षा व्यवस्था कडा

police


काठमाडौं, २२ असोज । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । दशैं तिहार तथा छठ पर्वमा घट्न सक्ने आपराधिक घटनालाई मध्यनजर सुरक्षा कडा बनाइएको हो ।

सुरक्षा व्यवस्था मजबुत बनाउन तीन हजार प्रहरी परिचालन गरिएको छ । प्रहरीले शान्ति सुरक्षा अन्तर्गत सेफ्टीपिन अभियान पनि लागू गरेको छ । सेफ्टिपिन अभियान अन्तर्गत खटिएका प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुब्र्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी,ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने भएका छन् ।

प्रहरीका अनुसार काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा तालिमप्राप्त कुकुरबाट जाँच सुरु गरिएको छ । दसैंकै लागि उपत्यका छाड्ने क्रम पनि सुरु भएको छ ।यस्तो समयमा यात्रुलाई सहजता प्रदान गर्न बसपार्क लगायत विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखिएको काठमाडौ महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले जानकारी दिनु भएको छ।

लकडाउन खुलेसंगै महिला तथा वालबालिका विरूद्ध हुने विभिन्न खाले यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि महिला प्रहरी निरीक्षक सहितको मोबाइल भ्यान पनि २४ सै घण्टा उपत्यकामा परिचालन गरिएको महानगरीय प्रहरी परिसर प्रमुख ज्ञवालीले बताउनु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);